गोरखा । मित्र समाजको आयोजनामा, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, तारा नमस्ते फाउन्डेसन र गण्डकी गाउँपालिका–७ को सहकार्यमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। श्री प्रजा ज्योति आधारभूत विद्यालय, बेलटार, गोरखामा आयोजित शिविर बिहान ८:०० बजेदेखि सञ्चालन गरिएको थियो।
शिविरमा श्री शिव आधारभूत विद्यालय, नेत्र ज्योति आधारभूत विद्यालय र प्रजा ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक र स्थानियगरि २०७ जनाको आँखा परिक्षण गरिएको थियो । त्यस्तै शिविरमा दृष्टि सम्बन्धी समस्या पहिचान गरी समयमै चस्मा समेत वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा सहभागी ८ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको थियो भने दृष्टि सम्बन्धी समस्या भएका ३२ जना विद्यार्थीलाई १ महिनाभित्र चस्मा वितरण गरिने तारा नमस्ते फाउन्डेसनका प्रतिनिधि राजन पुडासैनीले बताए ।
कार्यक्रमको उद्देश्य विद्यालयका विद्यार्थीहरूमा दृष्टि स्वास्थ्यबारे जागरुकता फैलाउनु र समस्या भएका विद्यार्थीहरूलाई उपचारमा पहुँच पुर्याउनु रहेको थियो।











