समाजवादी मोर्चाबाट अलग भए विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। एक विज्ञप्ति जारी गर्दै विप्लवले माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि औचत्य सकिएको भन्दै आफूहरु अलग भएको घोषणा गरेका हुन् ।

२०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको र केही महत्वपूर्ण कार्यक्रम गरेको विप्लवले बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको