तारा नमस्ते फाउन्डेशनद्वारा गण्डकी–७ का चेपाङ समुदायलाई टनेल प्लास्टिक र बाख्रा वितरण

गोरखा । गण्डकी गाउँपालिका–७ का चेपाङ समुदायका किसानहरूलाई तारा नमस्ते फाउन्डेशनको सहयोगमा टनेल खेतीका लागि सिलपौलिन प्लास्टिक र बाख्रा वितरण गरिएको छ। जीविकोपार्जन परियोजनाअन्तर्गत सञ्चालित उक्त कार्यक्रममा कौदी, इटार, सल्लेरी, बेलटार र क्षेत्रीखोला क्षेत्रका ८ जना लाभग्राही किसानलाई १२ साइजका १० जिएसएमका प्लास्टिक टनेल वितरण गरिएको हो।

समुदायका कृषकहरूलाई आत्मनिर्भर बनाउने तथा आधुनिक तरिकाले कृषि उत्पादन बढाउने उद्देश्यले गरिएको सो कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं ७ का अध्यक्ष तुलसी रेग्मी, तारा नमस्ते फाउन्डेशनकी अध्यक्ष निभी शाहा, उपाध्यक्ष मनिका महर्जन, संस्थापक असेष खनाल, प्रतिनिधि लिलु र राजन पुडासैनी, श्री शिव आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मी, तथा युवा व्यवसायी भरत रेग्मीको विशेष उपस्थिती रहेको थियो।

त्यसैगरी फाउन्डेशनले जाडोको चिसोबाट संरक्षण गर्न ४”अति विपन्न चेपाङ परिवारलाई सिरक, डसना तथा अन्य न्यानो सामग्री वितरण गरेको छ।

तारा नमस्ते फाउन्डेशनले यसअघि पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री, कृषि उपकरण र अन्य सहयोग प्रदान गर्दै आएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको