निजी नर्सहरूको आन्दोलनलाई समर्थन गर्दै बकुलहर रत्ननगर अस्पतालका नर्सहरूको ऐक्यबद्धता

चितवन । निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफ्नो न्यूनतम तलब स्केल र अन्य मागहरू पूरा गर्न सुरु गरेको देशव्यापी आन्दोलनलाई समर्थन गर्दै बकुलहर रत्ननगर अस्पतालका नर्सहरूले ऐक्यबद्धता जनाएका छन्।

अस्पताल परिसरमा भेला भएका नर्सहरूले ‘हाम्रो श्रमको सम्मान गर’, ‘न्यायोचित पारिश्रमिक हाम्रो अधिकार हो’, ‘नर्स बिना स्वास्थ्य सेवा सम्भव छैन’ जस्ता नारासहित प्रदर्शन गरेका छन्।

नर्सहरूले निजी क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम तलब स्केल सुनिश्चित गर्न, कार्य वातावरण सुधार गर्न र श्रम अधिकारको सम्मान गर्न माग गरेका छन्।

उनीहरूले स्वास्थ्य सेवा जनजीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले सरकार र सरोकारवालाहरूले नर्सहरूको मागलाई गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने बताएका छन्।

देशभरका विभिन्न जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नर्सहरूले चरणबद्ध रूपमा ऐक्यबद्धता कार्यक्रम सञ्चालन गरिरहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको