चितवन । ओली कुटी निर्माण अभियानका लागि युवा संघका नेता शंकर अधिकारीले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
अधिकारीले हिजो घोषणा गरेको १० हजार रुपैयाँमा थप ९० हजार रुपैयाँ जोड्दै कुल एक लाख सहयोग गर्ने घोषणा गरेका हुन्। उनले भने, “ओली कुटीका लागि घोषणा गरिएको रकम नपुगेमा अझ थप गर्न पनि तयार छु।”
उक्त अभियानमा विभिन्न व्यक्ति र संघसंस्थाबाट सहयोग संकलन भइरहेको छ। ओली कुटी निर्माणले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको योगदान र विचारलाई स्मरणीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।









