भरतपुरमा आफै अनियन्त्रित भई स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

चितवन । भरतपुर विमानस्थल नजिकै आज विहान स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

राति दुई बजेको समयमा भरतपुर–१०, स्थित विमानस्थल नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडी सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा दुबै जनाको टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । दुवै जनालाई विहान २ः३५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको