चितवन । अखिल (क्रान्तिकारी) चितवन जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनले इन्जिनियर सुशिल कार्की (अब्दुल) लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको छ।
सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष चोक ब। गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्। त्यस्तै, सचिवमा सिद्दान्त मगर र सह–सचिवहरूमा अनुस्का मानन्धर, युनिक सापकोटा, सुसान्त बिसुराल, मधुसुधन अधिकारी, बिकसित शर्मा र सुरज परियार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी उपास्ना भण्डारीले सम्हाल्ने भएकी छिन्।
शैक्षिक रूपमा पनि अग्रणी रहेका अध्यक्ष कार्कीले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र व्यवस्थापन (एमबीए) मा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। अध्यक्ष कार्कीले जिम्मेवारी ग्रहणपछि भने, हाम्रो पुस्ता नयाँ विचार र नयाँ ऊर्जा बोकेर आएको हो, अब संगठनलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी हाम्रो हो।









