कालिकामा जग्गाको नयाँ श्रेस्ता बनाउन चाहिने सिफारिस निःशुल्क 

चितवन । कालिका नगरपालिकाले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेस्ता बनाउन चाहिने सिफारिस कायम गर्दा शुल्क नलिने भएको छ ।

नगरपालिकाले आज सबै वडाहरुलाई लिखित पत्रचार गरि नयाँ सिफारिस कायम गर्दा वडाबासीहरुबाट शुल्क नलिन भनिएको नगर प्रमुख बिनाेद रेग्मीले बताए । जेनजी आन्दोलनकारीले गरेको आगलागीबाट कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालय भरतपुर चितवनले सूचना जारी गरी सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयमा आगजनी गरिएको थियो । उक्त कार्यालय अन्तर्गत रहेका सबै कागजात जलेर नष्ट भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको