चितवन । नेकपा एमाले निकट अनेरास्ववियु चितवनका निवर्तमान अध्यक्ष हरि आचार्यले भ्रष्टाचार छानबिन आयोग गठन गर्न एमालेले नमाने यीनको घर खोज्न आफै जाने बताएका छन् ।
उनले लेखेका छन् – अन्तरिम सरकार गठन पश्चात् भ्रष्टाचार आयोग बनाएर सबै दलका नेताको सम्पती छानबिन र आन्दोलनमा गोली हान्न आदेश दिनेहरुलाई कारबाही को प्रस्ताब तीन दलले नमानेपछि सुशीला कार्कीले भनिन् , ” भ्रस्टाचार अपराध गर्नेको छानबिन हुनुपर्छ! यदि छानबिन गर्न पाइदैन भने मलाई हातखुट्टा बाधिएको प्रधानमन्त्री पद चाहिँदैन।”
यदि यो सत्य हो भने नाम सहित आओस्। यदि नेकपा एमालेले यसो भन्दै छ भने यिनको घर खोज्न हामी जान्छौं।









