कालिका नगरपालिकाका मेयर रेग्मीको भावुक आह्वान: ‘धुलो टकटकाएर फेरि उठौँ, नगर बनाऔँ’

चितवन । कालिका नगरपालिकाका मेयर विनोदले आफ्नो व्यक्तिगत पीडा र पारिवारिक संकटको कथा सार्वजनिक गर्दै नगरबासीलाई एकता र पुनर्निर्माणको लागि आह्वान गर्नुभएको छ।

मेयर विनोद रेग्मीले भन्नुभयो : “मैले पदमा हुँदा या नहुँदा पनि जनताको समस्या, पीडा, दुख, बेदना र अप्ठ्यारोलाई बुझ्ने प्रयास गरें। म के त्यस्तो अपराध गरेको थिएँ र मेराे दुई वर्षका अबोध छोरा, छोरी र श्रीमतीको ज्यान बचाउन धानबारीमा लुकेर बस्नुपर्ने स्थितिमा पुगेँ?”

उहाँले थप्नुभयो,“यो मेरो पीडा, बेथा, दबाब र तनाव बुझ्ने कस्ले? तर पनि ठिकै छ, मेरो कसैप्रति आग्रह–पूर्वाग्रह हुने छैन। बरु अरूको पीडा, दुख र समस्या बुझ्न अझ बढी प्रयास गर्नेछु।”

नगरबासीलाई सम्बोधन गर्दै मेयर विनोदले कयौँ वर्ष लगाएर बनाइएका निजी तथा सार्वजनिक अभिलेख र भौतिक संरचना ध्वस्त भएको दु:ख पनि पोख्नुभयो। उहाँले भने,
“म सधैंभरि हरेश नखाई कालिका नगरबासीकै साथमा हुनेछु। फेरि पनि एक पटक धुलो टकटकाएर उठौँ, हाम्रो मनोबल उठाऔँ, हाम्रो नगर हामी सबै मिलेर नै बनाउनुपर्छ। जय कालिका।”

उनको भावनात्मक भनाइले नगरबासीबीच सहानुभूति जगाएको र पुनर्निर्माणमा सामूहिक सहयोग गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको