भरतपुर अस्पतालका मेसुको अभिव्यक्तिप्रति पत्रकार महासंघ चितवनको आपत्ति

चितवन । भरतपुर अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले पत्रकार अनिल ढकाल र उहाँ सञ्चालित मिडियालाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले आपत्ति जनाएको छ। भदौ ११ गते प्रशारण भएको एक अडियोमा डा।पौडेलले पत्रकारलाई लक्षित गरी तल्लो स्तरको भाषा प्रयोग गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

महासंघका अध्यक्ष वसन्तराज पराजुलीले विज्ञप्ति जारी गर्दै पत्रकार र पत्रकारितालाई बदनाम हुने गरी जिम्मेवार पदमा रहेर अपमानजनक तथा होच्याउने शब्द प्रयोग गर्नु खेदजनक भएको जनाएका छन् । ‘डा पौडेलले तत्काल लिखित क्षमायाचना गर्नुपर्छ । अन्यथा पीडित पत्रकारले चाल्ने कानुनी कदममा महासंघ पूर्ण ऐक्यवद्ध हुनेछ’( विज्ञप्तीमा भनिएको छ ।
महासंघका अध्यक्ष पराजुलीले जारी गरेको विज्ञप्तिमा यसप्रकारका गैरजिम्मेवार अभिव्यक्तिले सम्पूर्ण पत्रकारिता क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको