चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये तीन जनाको जापानीज इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ ।
साउन २३ गते देखि भदौ ३ गते सम्मको नमुना परिक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको छ । ती मध्ये तीन जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका, राप्ती नगरपालिका र भरतपुर महानगरपालिकाका रहेका छन् । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको थियो ।
जिल्लाको कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई संक्रमण देखिएको छ ।










