अन्तर्राष्ट्रिय हात्ती दिवस: सौराहामा हात्तीलाई खुवाइयो वनभोज

चितवन । चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइएको छ । दिवसको अवसरमा यहाँका हात्तीलाई वनभोज खुवाइयो ।

सौराहा र आसपासका निजी तथा सरकारी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको हो । संस्थाले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ ।

हात्तीलाई फलफूल, भेली, उखु लगायतका परिकार खुवाइएको थियो ।

सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन साथै हात्तीले सबै खानाको स्वाद लिन पाउने गरी वनभोज कार्यक्रम राखिएको आयोजकले बताएका छन् । हात्तीलाई काममा मात्र नभई पालनपोषणको पनि सन्देश दिनु कार्यक्रमको उद्देश्य मानिन्छ ।

महोत्सव अवलोकनका लागि पर्यटकको पनि भिड लागेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको