चितवनमा ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । सोमबार अपरान्ह ४ः४० बजेतिर भरतपुर महानगरपालिका- २९ चौधकिलोमा नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जनामध्ये एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका-११ ठेगाना उल्लेख भएको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स)फेला पारेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको