चितवन । पुर्वीचितवनको रत्ननगर नगरपालिकास्थित पिठुवा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान रत्ननगर १६ हात्तीगाडे स्थित नहरमा डुबेर एकजना वृद्धको मृत्यु भएको हो।
मृत्यु हुनेमा रत्ननगर १६ मुनालटोल निवासी वर्ष ७५ का कर्ण बहादुर गुरुङ रहेको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए। घटना बारे थप विवरण आउन बाँकी छ।









