चितवनमा छोरीलाई भेट्न गएका एक जना मृत भेटिए

चितवन । चितवनमा एक जना पुरुष मृत भेटिएका छन । कालिका नगरपालिका ९ शक्तिखोर जंगलमा राप्ती नगरपालिका ११ का ५७ वर्षिय कृष्णबहादुर मंगलबार साँझ प्रजा मृत भेटिएका हुन ।

असार २८ गते घरबाट निस्किएका उनि बेपत्ता थिए । कालिका नगरपालिका ९ शक्तिखोर बस्ने छोरीलाई भेट्न घरबाट हिडेका उनि सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी तीब्र पारेका थिए । प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा शव आफन्तलाई बुझाएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको