नारायणगढ-मुग्लिन सडक खण्डस्थित सिमलतालमा भारतीय ट्रक दुर्घटना

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डस्थित सिमलतालमा भारतीय ट्रक दुर्घटना भएको छ। भारतबाट काठमाडौं आउँदै गरेको यूपी ३२ जेडएन ७८८३ नम्बरको मिनी ट्रक चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा सडकबाट त्रिशूली नदी किनारमा खसेको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार उक्त दुर्घटना गएराति १०स्२५ बजे भएको थियो।

मेवा लोड भएको उक्त ट्रक सिमलतालमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७०र८० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।

ट्रकका चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक सोही स्थानका २० वर्षीय उत्तर सिंह दुवै सामान्य घाइते रहेको एसपी सुवेदीले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको