चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुषको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज बिहान सात घास काट्न गएका सोही ठाउँका ६८ वर्षिय पदमबहादुर राना मगरको मृत्यु भएका हो।

मगर अन्य तीन जना सहित घाँस काट्न वन प्रवेश गरेका थिए । अन्य व्यक्ति सम्पर्कमा आएपनि उनी आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । कतिपयले मगरलाई बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको