सप्तगण्डकी बहुमुखी क्याम्पसमा छोटो भिडियो बनाउँने प्रतियोगिता हुने

चितवन । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले २०८१/८२ सालको वार्षिक कार्ययोजना अन्तर्गत ‘छोटो भिडियो निर्माण प्रतियोगिता’ आयोजना गर्ने भएको छ। प्रतियोगितामा हाल क्याम्पसमा अध्ययनरत विद्यार्थी वा पूर्व विद्यार्थीहरुले सहभागी हुन सक्नेछन्।

क्याम्पसले सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार इच्छुक व्यक्तिहरूले असार ३० गतेभित्र आफ्नो व्यक्तिगत वा समूहगत रूपमा तयार पारिएको भिडियो क्याम्पसको आधिकारिक पेजमा उपलब्ध Google Form भरी नाम दर्ता गर्नुपर्नेछ।

भिडियो सम्बन्धी निर्देशनहरू यसप्रकार छन्:

भिडियो क्याम्पससँग सम्बन्धित शिक्षण, सिकाइ, भौतिक पूर्वाधार, वातावरण वा शैक्षिक विषयवस्तुमा आधारित हुनुपर्नेछ।

अधिकतम १ मिनेटको हुने गरी ३० देखि ६० सेकेन्डको बीचमा हुनुपर्नेछ।

कुनै पनि प्रकारको AI Tool वा Boosting प्रयोग नगर्न निर्देशन दिइएको छ।

भिडियो असार ३२ गतेभित्र info@smc.edu.np मा पठाउनुपर्नेछ।

प्रतियोगितामा प्राप्त भिडियोहरूलाई Like, Share तथा गुणस्तरका आधारमा मूल्यांकन गरिनेछ। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने भिडियोलाई क्रमशः रु १०,०००, रु ५,००० र रु ३,००० नगद पुरस्कार प्रदान गरिनेछ।

क्याम्पस प्रमुख खिम दाहालका अनुसार, यो कार्यक्रम विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। थप जानकारीका लागि क्याम्पस प्रमुख र प्राध्यापकहरूलाई सम्पर्क गर्न सकिने जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको