चितवनमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु

चितवन । भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार साँझ ७ बजेको समयमा भरतपुर महानगरपालिका- ९ शरदपुर स्थित शरदकृष्ण टोल बस्ने ६४ वर्षकी राधिका बिक आफ्नो घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङकीको ढकनी फुट्दा खसेकी थिइन ।

सो क्रममा उनकी छोरीले देखेपछि अरुलाई खबर गरेको र उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको