
चितवन । चितवनमा १५ वटा कन्सलटेन्सी अवैध रुपमा सञ्चालन भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दर्ता प्रक्रिया पूरा गरी सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरुलाई सूचीकृत हुन आउन असार ३ गते आह्वान् गरेको थियो ।
सञ्चालन अनुमतिसमेतका कागजातहरु अध्ययन गर्दा ४६ वटा कन्सलटेन्सीले मात्रै अनुमति प्राप्त गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले जानकारी दिए । ५० वटा कन्सलटेन्सीले दर्ता प्रक्रियामा रहेको भन्दै कागजपत्र बुझाउन सकेनन् भने १५ वटा कन्सलटेन्सी अवैधरुपमा सञ्चालन भइरहेको पाइएको उनले बताए ।
अवैधरुपमा सञ्चालित कन्सलटेन्सीलाई बन्द गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको गौतमले जानकारी दिए । सञ्चालनका लागि निवेदन नै नदिएका कन्सलटेन्सीहरु बन्द गरिने उनले बताए । अवैधरुपमा सञ्चालित कन्सलटेन्सीहरु निम्नअनुसार रहेका छन् ।