चितवनमा आफैँले आगो लगाउँदा जलेर एक पुरुषको मृत्यु

चितवन । रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीमा सोमबार बिहान ६ः०० बजे एक पुरुषले आफ्नो शरीरमा आफैँले आगो लगाउँदा जलेर मृत्यु भएको छ ।

कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जली घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलीले सोमबार बिहान ६ः५० बजे घटनास्थल जाँच गरी मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको