चितवनमा एमालेको जरा अभियानले अशक्त महतो  परिवारलाई बनाईदियो घर

चितवन । नेकपा एमालेले राप्ती नगरपालिका कमिटीले फरक क्षमता भएका एउटा परिवारका लागि घर निर्माण गरिदिएको छ । एमालेले राप्ती ६ मुडाभारका सुरदेश महतोको परिवारलाई घर निर्माण गरेर शुक्रबार हस्तान्तरण गरेको हो ।

नेकपा एमालेले संचालन गरेको जरा अभियान अन्तर्गत महतो परिवारलाई आवास निर्माण गरेर हस्तान्तरण गरेको राप्तिका एमाले युवा नेता उत्तम सेढाईले जानकारी दिए । उनको परिवारलाई स्थानीय कार्यकर्ता आर्थिक तथा श्रमदान मार्फत घर निर्माण गरिएको सेढाईले बताए । सो घरको शिलान्यास बैशाख १८ गते परेको श्रमिक दिवसको दिन गरिएको थियो ।
शुक्रबार एक कार्यक्रमका बीच नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं चितवन एक इन्चार्ज प्रभा बरालको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको थियो भने एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा,एमाले चितवन अध्यक्ष कमल पाठक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य बरालले एमाले पाटी जनताको सुखदुखको साथी रहेको उल्लेख गर्दै यस्ता अनुकरणीय कामले पाटिलाई थप मजबुत बनाउन प्रेरित गर्ने बताइन् । उनले जनतासंग निरन्तर सम्पर्कमा रहन स्थानीय नेताहरुलाई आग्रह समेत गरिन ।

एमाले जिल्ला कमिटी सदस्य ,राप्ती ६ का इन्चार्ज एवं जरा अभियानको संयोजक/उत्प्रेरक उत्तम सेढाईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य जरा अभियान , राप्ती -६ का सदस्य सचिव एवम् वडा कमिटी अध्यक्ष शिव नारायण चौधरीले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको