
चितवन । चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालले माध्यमिक शिक्षा परीक्षा (एसईइ) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ७ जना विद्यार्थीले पूर्ण ४ जिपिए हासिल गरेका छन्।
विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार कुल ३६७ जना विद्यार्थी सहभागी भएका यस परीक्षामा २६५ जनाले ३.६ देखि ३.९९ जिपिए प्राप्त गरेका छन्। यसैगरी, ८४ जना विद्यार्थीले ३.२ देखि ३.५९ जिपिए, १० जनाले २.८ देखि ३.१९ जिपिए र १ जनाले २.४ देखि २.७९ जिपिए हासिल गरेको बताए ।
“यसरी हेर्दा विद्यालयको समग्र नतिजा निकै प्रभावशाली देखिएको छ, करिब ७४% विद्यार्थीले ३.६ जिपिए भन्दा माथिको ग्रेड प्राप्त गरेका छन्” उनले भने ।
विद्यालय प्रशासनले यस सफलताको श्रेय विद्यार्थीहरूको मिहिनेत, शिक्षकहरूको परिश्रम र अभिभावकहरूको साथ र समर्थनलाई दिएको छ।
एसईइ २०८१ नतिजा विवरण:
४ जिपिए: ७ जना
३.६ – < ४.०: २६५ जना ३.२ – < ३.६: ८४ जना २.८ – < ३.२: १० जना २.४ – < २.८: १ जना