चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नम्बर–३ का क्षेत्रीय सदस्य विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवनबाट पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए ।
पौडेलले परराष्ट्रमन्त्री आरजु देउवाका भाइ भूषण राणा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलिबिरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरेर सामग्री पोस्ट गरेका थिए । पौडेलले गृहमन्त्री लेखकलाई ‘मानव तस्कर’को आरोप लगाउँदै अनुहार बिगारेर लेखकको तस्बिर समेत सामाजिक सञ्जाल ९फेसबुक०मा पोस्ट गरेका हुन् ।
पौडेललाई प्रहरीको साइबर ब्युरोले चितवनमा पक्राउ गरेर काठमाडौँ ल्याएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युत्तीय कारोबार ऐन–२०६३ को दफा ४७ अनुसारको मुद्दामा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको ब्युरोका ती अधिकृतले जानकारी दिए ।









