चितवनमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित ७ जनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको खहरे पुल नजिक शनिबार बिहान भएको सडक दुर्घटनामा परी एक गर्भवती महिला सहित ७ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इलेक्ट्रिक (EV) गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मृतकहरूको नामसहित विवरण (७ जना):

१. सोम प्रसाद रुपाखेती – ५५ वर्ष, हटिया–३, मकवानपुर
२. मैया कुमारी न्यौपाने पहाडी – ५३ वर्ष, हेटौंडा–५, मकवानपुर
३. नाम नखुलेकी महिला – अन्दाजी १८/१९ वर्ष
४. नाम नखुलेकी महिला – अन्दाजी २४/२५ वर्ष
५. नाम नखुलेका पुरुष – अन्दाजी २२/२३ वर्ष
६. गर्भवती महिला – अन्दाजी ३०/३५ वर्ष, नाम ठेगाना नखुलेकी (पुरानो मेडिकल कलेजमा मृत्यु)
७. पुरुष व्यक्ति – अन्दाजी ३५/४० वर्ष, नाम ठेगाना नखुलेका (पुरानो मेडिकल कलेजमा मृत्यु)

गम्भीर र मध्यम घाइते (नामसहित):

एलाईभ अस्पताल भरतपुरमा उपचाररत:

१. सक्षम थापा – १६ वर्ष, हेटौंडा–१३, मकवानपुर
२. सिंहबिर घलान – ३२ वर्ष, हेटौंडा–१२, मकवानपुर
३. विष्णु लम्साल – ३१ वर्ष, हेटौंडा–४, मकवानपुर
४. गंगा घलान – ३४ वर्ष, हेटौंडा–८, मकवानपुर (गम्भीर)

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत:

१. सुशीला बराल – ६५ वर्ष, गौरादह–९, झापा
२. उमा बराल – ६७ वर्ष, गौरादह–९, झापा
३. वीरबहादुर जैसी – ४८ वर्ष, बेलौरी–४, कञ्चनपुर
४. सन्देश ओली – ३० वर्ष, आठबिसकोट–९, रुकुम पश्चिम

नयाँ मेडिकल कलेज भरतपुरमा सामान्य घाइते (१६ जना):

१. अर्जुन बहादुर राउत – ३२ वर्ष, साफेबगर–१०, अछाम
२. जम बुढा – ४५ वर्ष, लम्कीचुहा–८, कैलाली
३. चन्द्रकुमारी थापा – ७० वर्ष, पूरनवास–६, कञ्चनपुर
४. टिका न्यौपाने – ७० वर्ष, गौरादह–६, झापा
५. जमबहादुर थापा – ६९ वर्ष, पूरनवास–६, कञ्चनपुर
६. सुरेश बोगटी – ३२ वर्ष, गोरीगंगा–११, कैलाली
७. लोकेन्द्र बुढा – ३७ वर्ष, लम्कीचुहा–१, कैलाली
८. बलसिंह बुढा – ४८ वर्ष, लम्कीचुहा–१, कैलाली
९. वुलटन साह कानु – ४५ वर्ष, चपुर–७, रौतहट
१०. अनिसा घिमिरे – २६ वर्ष, बकैया–४, मकवानपुर
११. रत्न बुढा – ५३ वर्ष, पलाता–४, कालिकोट
१२. लक्ष्मी पौडेल – ८३ वर्ष, दमक–८, झापा
१३. प्रवेश सौरेन – २३ वर्ष, मेचीनगर–१५, झापा
१४. श्रीचन्द्र राय – ५६ वर्ष, राजविराज–५, सप्तरी
१५. महेश चौधरी – ३४ वर्ष, गोदावरी–४, कैलाली
१६. सुमन चौधरी – २७ वर्ष, बेलबारी–७, मोरङ

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको