सुख्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सुचारु

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोला नजिक खसेको सुख्खा पहिरो पूर्ण रूपमा हटाइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाएपछि सवारी आवागमन अहिलेबाट पुनः दुईतर्फी रूपमा सुचारु भइसकेको हो।

यद्यपि, माथिबाट अझै ढुंगा खसिरहने क्रम नरोकिएकाले सावधानी अपनाउन अपिल गरिएको छ। सडकमा लेन अनुशासन पालना गर्दै एकतर्फी रूपमा सुरक्षित यात्रा गर्न सुपरभाइजर ईश्वर क्षेत्रीले अनुरोध गरेका छन्।

सडक डिभिजनले सवारी चालक र यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै सडकको सो क्षेत्रमा भिडियो निगरानीसमेत भइरहेको जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको