नारायणगढ-मुग्लिन सडक खण्डमा खस्यो सुख्खा पहिरो, दुई तर्फी यातायात अवरुद्ध

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक सुख्खा पहिरो खसेपछि सडक दुबैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरू बाटोमा अलपत्र परेका छन्। तत्कालै डोजर परिचालन गरी पहिरो हटाउने प्रयास भइरहेको र माथिबाट थप पहिरो नखसे अबको २–३ घण्टाभित्र सडक खुल्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ।

स्थानीय प्रशासन र सडक डिभिजनको टोली घटनास्थलमै खटिएको छ। यात्रुहरूलाई सतर्क रहन तथा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको