चितवनमा श्रीमतीसँग विवाद हुँदा एक व्याक्तिले आफ्नै घरमा आगो लगाए

चितवन । चितवनमा श्रीमतीसँग विवाद हुँदा एक व्याक्तिले आफ्नै घरमा आगो लगाएर फरार भएका छन । भरतपुर महानगरपालिका–२७ सिसौघारीका ६० वर्षिय राम महतोले श्रीमती इन्द्रमाया सुनारसँग घरायसी विषयमा विवाद हुँदा आफ्नै घरमा आगजनी गरेका हुन ।

महतोले मंगलबार राति ९ः२५ बजे आफ्नै खरले छाएको टहरोमा आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । टहरो जलेर पूर्णरुपमा नष्ट भएको उहाँले बताउनुभयो । टहरो जल्दा अन्दाजी २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगजनी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको खनालले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको