चितवन । १८ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, भरतपुर महानगर कमिटीले भरतपुर सरकारी अस्पतालमा उपचाररत करिब १०० जना बिरामीलाई फलफुल वितरण गरेको छ। आज बिहान अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीलाई फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल, भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले गणतन्त्र जनताको महान उपलब्धि भएको बताए । उनले यस अवसरमा सामाजिक उत्तरदायित्व पूरा गर्दै बिरामीहरूप्रति सानो सद्भाव प्रकट गर्न यो कार्यक्रम गरिएको जानकारी दिए ।

नेताहरुले यस्तो खालका कार्यक्रमहरू समाजमा सकारात्मक सन्देश फैलाउने बताउँदै आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले गरेका थिए। कार्यक्रममा नेकपा एमाले बाग्मती प्रदेश कमिटीका सदस्य रामप्रसाद न्यौपाने, एमाले चितवनका सचिव प्रकाश ढुंगाना, युवा संघका केन्द्रीय सदस्य शंकर अधिकारी, अमृता भट्टराई लगायतको उपस्थिति रहेको थियो।










