चितवनलाई बागमती प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरिने

चितवन । चितवनलाई बागमती प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरिने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा चितवनलाई प्रदेशको पर्यटन केन्द्रको रुपमा विकास गर्नका लागि आवश्यक नीति तर्जुमा गरिने उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधवार बसेको प्रदेश सभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरिने बताउनुभयो । प्रदेश सरकारले क्षेत्राधिकारभित्र पर्ने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण तथा व्यवस्थापनको लागि आवश्यक कानूनी प्रबन्ध मिलाइने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको