पुर्वीचितवनको खैरहनीमा धारिलो हतियार प्रहारबाट ४ जना घाइते (भिडियोसहित)

चितवन । पुर्वीचितवनको खैरहनीमा एक समुहले धारिलो हतियार प्रहार गरि ४ जनालाई घाइते बनाएका छन् । खैरहनी ८ स्थित आहार क्याफेमा खाजा खाना गएकाहरु माथी एक्कासी बाहिरबाट आएर एक समुहले धारिलो हतियार प्रहार गरेको हो । धारिलो हतियार प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जनाएको छ । गैंडाकोट घर भएका सरोज क्षेत्री लगायतको ३र४ जनाको समुहले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट राप्ती नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २८ को दिपेन्द्र सिंह गोले , राप्ती न।पा।२ बस्ने बर्ष २८ को गणेश लामा , खैरहनी न।पा।९ सिमलटाँडी बस्ने बर्ष २७ को अमृत आचार्य र खैरहनी ७ को रोशन कार्की घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले राप्ती न।पा। ४ भवानीपुर बस्ने वर्ष २९ को मिलन रुम्बा र सोही स्थानका २९ वर्षिय विशाल लामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको