चितवन । कालिका नगरपालिका वडा नं. १ ले ३० दिने पाककला तालिम सुरु गरेको छ । आज एक समारोहबीच कालिकाका मेयर विनोद रेग्मीले तालिमको उद्घाटन गरेका हुन ।
उनले उद्घाटन समारोहमा बोल्दै युवाहरूलाई सीपमूलक तालिमद्वारा आत्मनिर्भर बनाउनु नगरपालिका प्रशासनको प्राथमिकता रहेको बताए। “सीपको विकास बिना समृद्धि सम्भव छैन, यस्तो तालिमले विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउनेछ,” मेयर रेग्मीले भने।
तालिममा स्थानीय २५ जनाको सहभागिता रहेको छ । वडाअध्यक्षका अनुसार तालिमबाट सहभागीहरूले व्यवसायिक खाना पकाउने सीप र ज्ञान प्राप्त गर्नेछन्, जसले उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्नेछ।
कार्यक्रमको आयोजना कालिका नगरपालिका वडा नं. १ कार्यालय, लंकालाईनले गरेको हो। तालिम आगामी ३० दिनसम्म सञ्चालन हुनेछ।










