सौराहा फुड फेस्टिवलको आयव्यय सार्वजनिक: १६ लाख घाटामा, ६ लाखभन्दा बढी रकम उठ्न बाँकी

चितवन । रेवान सौराहाको आयोजनामा सम्पन्न १९ औं सौराहा फुड फेस्टिवल आर्थिक रुपमा घाटामा गएको छ। रेवान सौराहाले फुड फेस्टिवलको आयव्यय सार्वजनिक गर्दै
फेस्टिवलबाट जम्मा ६८ लाख ३१ हजार ४४७ रुपैयाँ आम्दानी भए पनि खर्च ८३ लाख ८३ हजार १९२ रुपैयाँ पुगेको जनाएको छ।

आयव्यय विवरण अनुसार फुड फेस्टिवलमा १६ लाख ५१ हजार ७४५ रुपैयाँ घाटा भएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताए । उनले ६ लाख ५५ हजार ५२७ रुपैयाँ उठन बाँकी रहेको जानकारी दिए ।

फेस्टिवलको सफल आयोजनाका लागि सहयोग गर्ने सम्पुर्णलाई अध्यक्ष गिरीलेबधन्यवाद व्यक्त गरे । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आयोजना हुने यो फेस्टिवल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण मानिन्छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको