
काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।
वार्ता सकेर मन्त्रीहरु क्याबिनेट बैठक बस्न हिँडेका छन् । मन्त्रिपरिषद बैठकले शिक्षकहरुका केही माग सम्वोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।
वार्तास्थलबाट एमाले मुख्य सचेतक महेश बर्ताैलाले ने, ‘छलफल असाध्यै सकारात्मक ढङ्गले अगाडि बढिरहेको छ । आज नै सहमति गरी सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’