चितवनमा लेखा दिवस–२०८२ अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

चितवन । लेखा समाज चितवनको आयोजनामा लेखा दिवस–२०८२ को अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जिल्ला समन्वय समिति चितवनको सभाहलमा सम्पन्न भएको छ।

लेखा समाज चितवनका अध्यक्ष तथा कोष नियन्त्रक पुर्णभद्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सह महालेखा नियन्त्रक यमुना प्रधान रहनुभएको थियो। विशेष अतिथि प्रमुख संरक्षक तथा प्रमुख कोष नियन्त्रक याम नारायण शर्मा हुनुहुन्थ्यो।

कार्यक्रममा लेखा कर्मीहरूका समस्या र समाधान, लेखा समाज चितवनका गतिविधिहरू तथा सार्वजनिक वित्त व्यवस्थापनको सुदृढीकरणका विषयमा विशेष छलफल भएको थियो। प्रमुख अतिथि यमुना प्रधानले लेखा कर्मीहरूका समस्याको सम्बोधन गर्दै प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापनका लागि आवश्यक सुधार र सुझावहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा बरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन लेखापाल बाबुराम पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा लेखा समाजका निवर्तमान अध्यक्ष लेखा अधिकृत मुक्ति प्रसाद चापागाईं, शाखा अधिकृत जिल्ला समन्वय समिति चितवन, तथा प्रदेश लेखा इकाइ कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो।

सो अवसरमा लेखा समाज चितवनका सदस्यहरूलाई प्रदान गरिने ट्र्याकसुटको प्रदर्शन तथा लोकार्पण पनि गरिएको थियो। साथै, प्रमुख अतिथि यमुना प्रधानलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई अध्यक्ष पुर्णभद्र पौडेलको समापन मन्तव्यसँगै सम्पन्न भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको