भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य मैनाली मृत भेटिए

चितवन । भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका छन् ।

भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणी नदीकिनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

देवघाट जङ्गलको ढुङ्गेधारा तलपट्टी नारायणी नदीकिनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । मैनाली तीन दिनदेखि सम्पर्क बाहिर रहेका थिए ।

भरतपुर महनगरपालिका वडा नं ११ भोजाड बस्दै आएका ४५ वर्षीयका मैनालीले केही दिनअघि मात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए ।

त्यसअघि मैनाली अङ्कुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए । मैनालीको श्रीमती र दुई छोरी रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको