चितवनमा गैंडाको आक्रमणबाट २ जना घाइते

चितवन । चितवनको सौराहामा  गैंडाको आक्रमणबाट २ जना महिला घाइते भएका छन् । आज दिउँसो १२ः४० बजेको समयमा रत्ननगर नगरपालिका वडा नं ७ बाघमारा स्थित जंगलमा घाँस काट्न जाने क्रममा महिलाहरुलाई गैंडाले आक्रमण गरेको हो ।

घाइते हुनेहरुमा रत्ननगर ७ बस्ने वर्ष ५२ की ठुली तामाङ र सोही ठाउँ बस्ने ५६ वर्षीय जानकी महतो रहेका छन् । दुवै जनाको अवस्था मध्यम छ भने भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको