चितवन । कालिका नगरक्षेत्रभित्रका १२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिलकार्ड वितरण गरिएको छ ।
लायन्स क्लब अफ चितवन कालिकाले कालिका नगरपालिकासँगको समन्वय तथा सहकार्यमा १२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिल कार्ड वितरण गरेको हो ।
डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो । वितरण कार्यक्रममा कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तामाङ, यूएस स्पेसीयालिटी कल्बका कोडिनेटर भलराज पन्त लगायत उपस्थित हुनुहुन्थ्यो । लायन्स क्लब अफ, चितवन कालिकाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतमा कार्यक्रम आयोजना गरिएको हो ।









