पत्रकार संगिता बानियाँको निधन

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको आज बिहान निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।

पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लैजाने तयारी गरिएको उनका जेठाजु श्याम सिलवालले जानकारी दिए ।

बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।

दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।

बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको