‘मेघौली गोलाघाट’ म्युजिक भिडियो सार्वजनिक

चितवन  । ‘मेघौली गोलाघाट’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियो मुक्ति सापकोटा युट्युब च्यानल मार्फत आइतबार मेघौलीमा सार्वजनिक गरिएको हो।

गायक मुक्ति सापकोटा र गायिका शान्तिश्री परियारको स्वरमा रहेको म्युजिक भिडियोमा शन्देस चाँपागाइ र गरिमा शर्माको अभिनय रहेको छ।गीतमा गायक मुक्ति सापकोटाकै शब्द र संगीत र कृष्ण केसीको व्यवस्थापन रहेको छ।

प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाले सम्पन्न रहेको र नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापुजस्तो देखिने प्रख्यात पर्यटकीयस्थल मेघौली गोलाघाटलाइ म्युजिक भिडियो मार्फत प्रचार–प्रसारका गरी पर्यटकसम्म पु¥याउनको लागी भिडियो बनाइएको गायक मुक्ति सापकोटाले वताए।
वाग्मती प्रदेशका निवर्तमान प्रदेससभा सदस्य कृष्णप्रसाद भुर्तेल प्रमुख अतिथि रहेको कार्यक्रममा वोल्दै उनले मेघौली गोलाघाट विश्वमै ‘इको टुरिजम’(पर्या–पर्यटन) का लागि नमुना गन्तव्य रहेको बताए । यस क्षेत्रको थप प्रचार–प्रासर गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनले वताए ।

कार्यक्रममा भरतपुर २८ का वडाध्यक्ष डण्डपाणी रिजाल, चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष तेलवाहादुर कुमाल ‘विशाल’, मेघौली पर्यटन विकास समितिका अध्यक्ष मोतीप्रसाद भुषाल ‘राजु’, गायक मुक्ति सापकोटा, नायक शन्देस चापाँगाइ लगायतले मन्तव्य व्यक्त गरेका थिए। जानकी मावी मेघौलीका प्रधाना ध्यापक दुर्गाप्रसाद सापकोटाको सभापतित्वमा कार्यक्रम भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको