
रबि रेग्मी, चितवन । भरतपुर महानगरपालिका वडा नं ११ मा बसोबास गर्ने भूमिहिन दलित र सुकुम्बासीलाई भोलि जग्गा धनी दर्ता प्रमाण पत्र (लालपुर्जा) वितरण गरिने भएको छ । आज वडा कार्यलयले पत्रकार सम्मेलन गर्दै जग्गा धनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण गरिने विषयमा जानकारी दिएको हो ।
वडाभित्र बसोबास गर्ने ११६ परिवारलाई जग्गा धनी प्रमाण (लालपुर्जा) वितरण गर्न लागिएको वडा अध्यक्ष कमल बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार लालपुर्जा वडाका चार ओटा टोलहरु नवज्योति, शिद्वार्थ, कैलाश र जखडी माईका ११६ परिवारलाई वितरण गर्न लागिएको हो ।
भोलि बिहान ११ बजे एनपिआई कलेजमा भरतपुर महानगरपालिकाको आयोजना तथा भूमी समस्या समाधान आयोगको सहकार्यमा कार्यक्रमगरि लालपुर्जा वितरण गर्न लागिएको आज पत्रकार सम्मेलनगरि वडा कार्यलयले जानकारी दिएको छ । पहिला निस्सा पाएका परिवारलाई अहिले लालपुर्जा (रातो पुर्जा) दिन लागिएको मल्लले बताउँनुभयो ।
भरतपुर-११ मा कुल भूमिहिन सुकुम्बासी ६७३, भूमिहिन दलित २७२ र अव्यवस्थित बसोबासी ७०२ जना रहेका छ्न ।