
चितवन । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसको वातावरण विज्ञानका विद्यार्थीहरुको संस्था क्लब अफ इन्भाइरोमेन्ट साइन्स सप्तगण्डकीको अध्यक्षमा सर्मिला रायमाझी चयन भएकी छ्न । आज भएको अधिवेशनले रायमाझीको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा प्रतीक कंडेल, सचिवमा रोशन थापा, सहसचिवमा अनुष्का पाठक र कोषाध्यक्षमा दिपिका भुषाल चयन भएका छ्न । हार्दिका राउतको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख खिमलाल दाहालको प्रमुख आथित्यता रहेको थियो ।