चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यू

चितवन  । चितवनको सौराहामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यू भएको छ । गोविन्दे नामको जंगली हात्तीले आक्रमण गर्दा खैरहनी वडा नं ९ घरभई रत्ननगर वडा नं ७ स्थित ससुरालीको घरमा बस्दै आएका ३५ बर्षीय सुरेश महतोको ज्यान गएको हो ।

खेतमा तरकारी टिप्दै गरेको अबस्थामा बाघमारा वनबाट बस्ती प्रवेश गरेको उक्त हात्तीले महतोलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । महतोको घटना स्थलमै ज्यान गएको हो । घटना शुक्रबार साझ भएको र मृतकको सब शनिबार दिउसो मात्र भेटिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको