
चितवन । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि १२ वटा संघ संगठन दर्ता भएका छन्। आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो। सो समयमा क्याम्पसका विभिन्न विद्यार्थी संगठनसहित १२ वटा संगठन र समूह दर्ता भएको निर्वाचन अधिकृत केदारनाथ बरालले जानकारी दिए।
बरालका अनुसार अनेरास्ववियु, अखिल संयुक्त, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) दर्ता गरेका छन्। त्यसैगरी, अखिल (क्रान्तिकारी) बहुमत, समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (समाजवादी), अखिल (छैठौं), नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) बैद्य, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र बालेन समर्थक विद्यार्थी समूह दर्ता गरेको निर्वाचन अधिकृत बरालले जानकारी दिए।