स्ववियु चुनावमा जुट्यो अनेरास्ववियु चितवन 

चितवन । त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउने घोषणा गरेको छ ।स्ववियु चुनावका लागि एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवन जुटेको छ ।

आज सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियु जिल्ला कमिटी चितवनको विस्तारित बैठक एवम् स्ववियु कार्यशाला सम्पन्न गर्दै अनेरास्ववियुले स्ववियु केन्द्रित बन्ने निर्णय गरेको हो ।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले चितवनमा स्ववियु निर्वाचन अपरिहार्य रहेको बताउँदै अनेरास्ववियु यसका लागि तयार रहेको बताए । अन्य विद्यार्थी संगठनहरु पनि स्ववियु निर्वाचन होमिन तयार हुनुपर्ने बताउँदै उनले चितवनका सबै क्याम्पसमा यसपटक चुनाव गराउन आफूहरुले सक्दो पहलकदमी थाल्ने बताए ।

आजको स्ववियु बैठकमा अनेरास्ववियुले स्ववियु केन्द्रित विशेष रणनीति तय गर्दै क्याम्पस कमिटीहरुलाई जसरी पनि स्ववियु जित्ने गरी लाग्न निर्देशित गरेको छ । स्ववियु कार्यशालामा क्याम्पस कमिटी र पालिका कमिटीले आआफ्नो कार्य क्षेत्रको अवस्थाका बारेमा रिर्पाेटिङ समेत गरेका थिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमित कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक एवम् कार्यशाला अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई अनेरास्ववियु चितवनका सचिव अमित आचार्यले सञ्चालन गरेका थिए भने उपाध्यक्ष सरोज तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा एमाले चितवनका विद्यार्थी मोर्चा फाँट प्रमुख अनोज जोशी, अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य लिलाराम पौडेल, चितवनबाट प्रतिनिधित्व गर्ने अनेरास्ववियु प्रदेश कमिटी सदस्यहरु, अनेरास्ववियु जिल्ला कमिटी पदाधिकारी एवम् सदस्य, जिल्ला भित्र रहेका पालिका कमिटी र क्याम्पस कमिटीका इन्चार्ज, अध्यक्ष एवम् पदाधिकारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको