प्रोगेसिभ इन्जिनियर्स एसोसियसन चितवनको अध्यक्षमा पोख्रेल चयन

चितवन ।  नेकपा एमाले निकट इन्जिनियरहरुको संगठन प्रोगेसिभ इन्जिनियर्स एसोसियसन नेपाल जिल्ला कमिटी चितवनको तेस्रो अधिवेशन वाट ई. शुभाष पोख्रेल को नेतृत्वमा ११ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । आज शनिबार भरतपुरमा भएको तेस्रो अधिवेशनले पोख्रेलको नेतृत्व मा सर्बसम्वत रुपमा जिल्लाको नयाँ कमिटी चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा दिपक खनाल , सचिवमा गौतम ढकाल , सहसचिवमा खेम बिक्रम थापा (काउचा) , कोषाध्यक्षमा अनिश काफ्ले तथा सदस्यहरुमा सागर पाठक , रोचक अधिकारी , तुलसी खनाल , अभियान पोख्रेल , नारायण बोहरा र सुष्मा रिजाल चयन हुनु भएको हो । अधिवेशनको उदघाटन कार्यक्रमको प्रमुख अतिथी प्रोगेसिभ इन्जिनियर्स एसोसियसन नेपालका केन्द्रिय कमिटीका अध्यक्ष इ. डा. सुरज लामिछाने र बिशिष्ठ अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य यम बहादुर परियार तथा अतिथीहरु एमाले चितवनका उपाध्यक्ष श्याम कुमार बिष्ट , वरिष्ठ इन्जिनियर बिराट घिमिरे , माधव उप्रेती लगायत रहनु भएको थियो ।

कार्यक्रममा प्रोगेसिभ इन्जिनियर्स एसोसियसन केन्द्रिय कमिटी सदस्य शिव चापागाईं, इन्चार्ज उत्तम सेडाइ लगायतले अधिवेशन सफलताको कामना गर्नु भएको थियो ।
सोही कार्यक्रममा अन्य संगठनमा रहेका ३ जना इन्जिनियरहरु आज नै अधिवेशनको अवसर पारेर प्रोगेसिभ इन्जिनियरिङ एसोसियसन नेपालमा प्रवेश गर्नु भएको छ ।

 

प्रोगेसिभ इन्जिनियर्स एसोसियसन नेपाल जिल्ला कमिटीका अध्यक्ष चन्द्रमणी बस्यालको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव अधिकार चालिसेले गर्नु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको