कालिका-१० सिद्धीमा ६ महिने सिलाई कटाई तालिम सम्पन्न

चितवन । चितवनको कालिका नगरपालिका १०,सिद्दीमा संचालित ६ महिने निशुल्क सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । कोमल हृदय प्रतिष्ठान काठमाडौंको सहयोगमा संचालित तालिममा वडा नम्बर १० र ११ का २५ जना बिपन्न महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई निशुल्क लुगा सिलाउने मेसिन पनि सोही सस्थाले उपलब्ध गराएको थियो ।

सस्थाका कार्यकारी प्रमुख अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका वडा नम्बर ११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजा , विशेष अतिथिहरु कालिका वडा नम्बर १० का वडा अध्यक्ष नरजंग चेपाङ र कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाश चन्द्र पौडेल, चितवन को-अडिनेटर इश्वर कुमार श्रेष्ठ, तालिमकी प्रशिक्षक प्रवित्रा चेपाङलगाएतले मन्तव्य राख्नु भएको थियो ।

सो सस्थाले यस अगाडि पनि चितवनकै विभिन्न स्थानमा २ सयभन्दा बढीलाई सोही प्रकारको तालिम दिइसकेको छ । बिपन्न बस्तीहरुमा सो सस्थाले खाद्यान्न, कपडा लगायतको सहयोग समेत गर्दै आएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको