कालिकामा मकैको सिलाम बनाउने तालिम सुरू

चितवन । चितवनको कालिका नगरपालिका वडा नं–४ ले मकैको सिलाम बनाउने तालिम दिँदै आम्दानी लिने लक्ष्यका साथ पाँचदिने तालिम सुरू गरेको छ ।

स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने र स्वदेशी उत्पादन एवम् मकैको उपयोगिता बढाउने उद्देश्यले वडाभित्र सो तालिम सुरू गरिएको वडाध्यक्ष मकरमान श्रेष्ठले बताए ।

मकै गाईवस्तुलाई खुवाउनमात्र उपयोग भइरहेको र पछिल्लोपटक मानिसहरुले पनि विभिन्न परिकार बनाउँदै आकर्षण र उपयोगिता बढिरहेको समयमा मकैको सिलाम बनाउने तालिमले मकैको उपयोगिता र आम्दानीको स्रोतसमेत पहिचान भएको नगरप्रमुख विनोद रेग्मी बताए ।

तालिममा उपप्रमुख बिमला तामाङ, वडा न–२ का अध्यक्ष लक्ष्मण पौडेल, वडा सदस्यहरु, नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको