कालिकामा सासू-बुहारीबीचको सम्बन्ध सुमधुर बनाउन अन्तर्क्रिया

चितवन । कालिका नगरपालिका वडा नं–२ ले सासूबुहारी अन्तर्क्रिया कार्यक्रम गरेको छ । आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन हुने अन्तक्र्रिया कार्यक्रम सासूबुहारीको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ गरिएको हो । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले गरेको कार्यक्रममा वडाभित्रका सासूबुहारी सहभागी भएका थिए ।

समाजमा सासू र बुहारीलाई हेर्ने दृष्टिकोण, सासू र बुहारीको सम्बन्धलाई सुधार गर्नका लागि कार्यक्रम आयोजना गरिएको महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना ढकाल दुवाडीले बताइन् । नगरपालिकाले प्रत्येक वडामा सासू र बुहारीलाई सँगै राखेर अन्तर्क्रिया गर्ने लक्ष्य रहेको र यसअघि वडा नं–८ र ६ मा सासू र बुहारीबीच अन्तक्र्रिया भएको उनले बताइन् ।

कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख विनोद रेग्मीका अनुसार अहिले प्रत्येक वडामा गएर सासू र बुहारीलाई सँगै राखेर छलफल गर्ने गरिएको छ । एकले अर्कालाई नबुझ्दा झगडा हुने भएकाले सासूबुहारीबीचको सम्बन्ध सधैँ सुमधुर बनाउन र परिवार राम्रो बनाउने उद्देश्यले कार्यक्रम गरिएको नगरप्रमुख रेग्मीले बताए ।

सासु र बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसा हुने भएकाले यसलाई कम गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको उनले बताए । साथै, नगरका सबै वडामा पुगेर सासू र बुहारीलाई सँगै राखेर अन्तर्क्रिया गर्ने नगरप्रमुख रेग्मीले बताए ।

यस्तै, सासू र बुहारीमा भएको सोचमा परिवर्तन र सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको नगर उपप्रमुख बिमला तामाङले बताइन् ।

अन्तर्क्रियामा वडा नं–२ का वडाध्यक्ष लक्ष्मण पौडेल, वडा सदस्यहरु, नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले मन्तव्य राखेका थिए । अन्तक्र्रियामा अधिवक्ता प्रियंका थापाले सहभागीलाई हालको ऐन, कानुन र नियमका बारेमा प्रशिक्षण दिएकी थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको